Logo

राजेन्द्र महतोको प्रश्न–महाकाली बेच्ने केपी ओली कसरी राष्ट्रवादी ? (भिडिओसहित)



असोज १६, काठमाण्डौ । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले केपी ओली नेतृत्वको सरकार असफल भएको अरोप लगाएका छन् । आजको जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै नेता महतोले जनता भोकभोकै मर्ने अवस्था आउँदा पनि सरकारले केही गर्न नसकेको आरोप लगाएका हुन् ।

जनताको समस्याबारे छलफल गर्न तत्काल संसदको विशेष अधिवेशन बोलाउनुपर्ने महतोको तर्क छ । महतोले प्रधानमन्त्री ओलीले भारतको विरोध गरेर राष्ट्रवादी बन्न खोजेको तर चीनले नेपाली भूमि अतिक्रमण गर्दा चुप लागेर बसेको अरोप पनि लगाएका छन् ।

उनले प्रधानमन्त्री ओलीले महाकाली बेचेको आरोप लगाउँदै राष्ट्रवादको खोक्रो नारा लगाउन नसुहाउने पनि बताए ।  त्यसैगरी उनले आफ्नो पार्टीभित्र कुनै विवाद नरहेको दावी गर्दै एक हप्ताभित्र सबै समायोजन प्रक्रिया टुङ्गिने बताए । नेतृत्वमा पनि सहजै सहमति हुने उनको जिकिर छ । एकता प्रक्रिया सकिएपछि नेपाली कांग्रेस र नेकपाको विकल्पमा बलियो शक्ति बन्ने अभियानमा लाग्ने महतोको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्