Logo

यस्तो छ आज देशभरको मौसम



काठमाडौं, असोज १७ । वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा कायम रहेको न्युन चापीय क्षेत्रका कारण हाल देशका प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदलीको र बाँकी प्रदेशहरुको पहाडी भू–भागमा आंशिक बदली देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ ।

उक्त प्रभावकै कारण प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानहमा मध्यम वर्षा र बाँकी प्रदेशका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, राति प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही उक्त प्रदेशका थोरै स्थानहमा हल्कावर्षा तथा बाँकी प्रदेशहमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसमी बुलेटिनमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्