Logo

१ सय २९ कोटाका लागि ३२ हजारको आवेदन



काठमाडौं, असोज १७ । जयनगर–जनकपुर खण्डमा रेल सञ्चालनका लागि विभिन्न पदमा कर्मचारी माग गरिएपछि ठूलो संख्यामा आवेदन परेको छ । भदौ २९ मा १ सय २९ कोटाका लागि गरिएको विज्ञापनमा ३२ हजारले आवेदन दिएका छन् । आवेदन दिने समय मंगलबार सकिएको छ ।

कार्यालय सहयोगीदेखि अधिकृतसहित २९ पदमा विज्ञापन गरिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । ‘आवेदन दिने समय सकिएको छ,’ उनले भने, ‘अब छिट्टै भर्ना प्रक्रिया टुंग्याउँछौं ।’ सबैको नाम र कुन पदका लागि आवेदन आएको हो, सबै नाम सिस्टममा इन्ट्री गराइनेछ ।

‘शैक्षिक योग्यता, अनुभव र तालिमबारे पनि हेरिनेछ,’ उनले भने, ‘कार्यविधिअनुसार नाम इन्ट्री गराइनेछ ।’ उनका अनुसार त्यसबाट मेरिट लिस्ट निकालिने आजको कान्तिपुर दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot