Logo

द्वन्द्वरत समूहलाई वार्तामा आउन प्रधानमन्त्री ओलीको आग्रह



काठमाडौं, असोज १७ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वरत समूहलाई वार्तामा आउन आह्वान गरेका छन्  ।

मानव अधिकार तथा सामाजिक अभियानको घोषणा सभालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण तरिकाले वार्तामा आए सरकार वार्ता गर्न तयार रहेको बताए । उनले हिंसाको बाटो त्यागेर शान्तिका प्रयासलाई वार्ताबाट अगाडि बढाउन आग्रह गरेका छन्।

“सरकार सबैसँग संवादका माध्यमबाट समस्या समाधान गर्न चाहेको छ, सरकार सबैसँग मिलेर सकारात्मक सोचका साथ अगाडि बढ्न चाहन्छ, त्यसमा नीति र नियतका साथ अगाडि बढ्नेसँग सरकार मिलेर अगाडि बढ्छ ।” प्रधानमन्त्री ओलीले बताए ।

संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुने भएकाले कसैले यसलाई लहडको विषय नबनाउन उनले आग्रहसमेत गरे । केही समय अगाडि मात्र संविधान संशोधन भएको बताउँदै उनले राष्ट्रिय आवश्यकताका आधारमा पुनः सशोधन गर्न सकिने बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्