Logo

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो



एजेन्सी, १७ असोज । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय ७५ पुगेको छ ।

विश्वकै बढी कोरोना संक्रमित रहेका देशमध्ये भारत दोस्रो स्थानमा छ । त्यहाँ ६४ लाख ७३ हजार संक्रमित पत्ता लागेको छ ।

सबैभन्दा बढी अमेरिकामा ७५ लाख संक्रमित संख्या नाघिसकेको छ । त्यहाँ २ लाख १३ हजारको संक्रमणबाट मृत्यु भइसकेको छ ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्