काठमाडौं, १७ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ११ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २१ सय २० जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ११ सय ७७ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १२ हजार ९ सय ७८ जनाको पिसीआर परिक्षणमा २१ सय २० जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा २०४४ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ६२ हजार ७ सय ४० रहेको छ । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौंका १००१ जना र ललितपुरका १०९ जना र भक्तपुरका ६७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ८४ हजार ५ सय ७० पुगेको छ ।