काठमाडौं, १७ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ सय २८ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा २ महिला र ६ पुरुष छन् । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६२ प्रतिशत हो । आज मृत्यु हुनेहरुमा ६ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
मृतकको विवरण
१. सुनसरीका २८ वर्षीय महिला
२.ललितपुरका ६७ वर्षीय पुरुष
३.सिन्धुपाल्चोकका ४१ वर्षीय पुरुष
४.काठमाडौंका ८३ वर्षीय पुरुष
५.काठमाडौंका ६८ वर्षीय पुरुष
६. दोलखाका ६५ वर्षिय पुरुष
७. चितवनका ७६ वर्षिय महिला
८. कैलालीका ७९ वर्षिय पुरुष