काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । थापाले हिजोमात्रै पिसिआर परीक्षण गरेका थिए । र, उनको रिपोर्ट पोजेटिभ आएको छ । उनले यस बीचमा आफूसँग रहेका सबलाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।