वीरगञ्ज, असोज १८ । सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा लिएको कम्पनीले सम्झौताविपरीत काम गरेको भन्दै नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी)ले स्पष्टीकरण सोधेको छ । एनआईटीडीबीले बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्याली ड्राइपोर्ट प्रालिसँग स्पष्टीकरण मागेको हो ।
बन्दरगाहमा आयातकर्ताले टर्मिनल सेवा शुल्क (टीएससी) र मजदूरलाई बेग्लाबेग्लै रकम तिरेको पाइएपछि प्रिस्टाइनलाई स्पष्टीकरण सोधिएको एनआईटीडीबीका निर्देशक हेमेन्द्रमोहन शाहीले बताए । स्थलगत निरीक्षण गर्दा प्रिस्टाइनले सेवाग्राहीसित सम्झौताविपरीत शुल्क लिएको भेटिएको दाबी निर्देशक शाहीले गरे ।
बन्दरगाहको नियामक निकाय एनआईटीडीबी र प्रिस्टाइनबीच ठेक्का सम्झौतामा बन्दरगाह सञ्चालकले सेवाग्राहीसित टीएससीबाहेक कुनै पनि शुल्क लिन नपाइने शर्त छ । तर, बोराबन्द कार्गो (बीसीएन) तर्फका सेवाग्राहीले बन्दरगाह सञ्चालक र लोडअनलोडका मजदूर दुवैलाई रकम तिरेको भेटिएको शाहीले बताए ।
‘सेवाग्राही टीएससी र लोडअनलोडका लागि मजदूरलाई बेग्लाबेग्लै रकम तिर्न बाध्य भएको पाइयो । प्रिस्टाइनले तोकिएअनुसार शुल्क लिएपछि आयातकर्ताले अन्यलाई रकम तिर्नु पर्दैन,’ उनले भने ।
ठेक्का सम्झौताअनुसार सञ्चालकले बीसीएन कार्गोतर्फ प्रतिमेट्रिकटन २४६ रुपैयाँ शुल्क लिन पाउँछ । सेवाग्राहीले यो रकम बन्दरगाह सञ्चालकलाई बुझाएपछि बन्दरगाहमा कार्गो व्यवस्थापनबापतको कुनै पनि रकम तिर्नु पर्दैन । बन्दरगाहमा सेवाग्राहीले सञ्चालक र मजदूरलाई बेग्लाबेग्लै रकम बुझाउनुपरेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।
प्रिस्टाइनले बन्दरगाह चलाउने जिम्मा लिएलगत्तै यसअघि आयातकर्ताले बन्दरगाहमा पाउने निःशुल्क समय घटाइदिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हस्तक्षेप गरेर पूर्ववत् व्यवस्था कायम गराएको थियो ।
बन्दरगाहमा काम गर्ने मजदूर र मजदूर आपूर्तिकर्ताहरूले स्थायी लेखा नम्बर नलिएकाले सम्झौता कार्यान्वयनमा समस्या परेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।