Logo

बुटवलमा ४ दिनका लागि निषेधाज्ञा



काठमाडौं, असोज १८ । प्रदेशको राजधानीको विषयलाई लिएर प्रर्दशन बढ्न थालेपछि बुटवल क्षेत्रमा चार दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रदेश पाँचको नामाकरण र स्थायी राजधानीको प्रस्तावविरुद्ध आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा जारी गरेको हो ।

प्रदेश पाँचको स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेस भएपछि बुटवलक्षेत्रमा आन्दोलन सुरु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्