Logo

परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोेरोना



काठमाडौं, असोज १८ । शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो ।

परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या ६२ हजार ७४० पुगेको छ ।
यस्तै देशभरका क्वारेन्टाइनमा चार हजार २७३ जना छन् । होम आइसोलेसनमा ११ हजार ५२९ तथा संस्थागत आइसोलेसनमा नौ हजार ७७३ जना छन् ।

शनिबार काठमाडौँ उपत्यकामा थप एक हजार १७७ व्यक्तिमा सङ्क्रमण देखिएको छ । शुक्रबार उपत्यकामा एक हजार ६३८ जनामा कोरोना सङ्क्रमण देखिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्