काठमाडौं, असोज १८ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत गएराती भएको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्स उछिनेको छ ।
दिल्ली क्यापिटल्टसले कोलकता नाइट राइडर्सलाई १८ रनले पराजित गरको हो । दिल्लीले ४ मध्ये तीन खेल जितिसकेको छ ।
शारजहाँ क्रिकेट मैदानमा भएको खेलको अन्तिम दुई ओभरमा दिल्लीले जित निकालेको हो ।