Logo

उडान थोरै, फर्किनुपर्ने धेरै



काठमाडौं, असोज १८ । वैदेशिक रोजगारीबाट तत्काल डेढलाख कामदार फर्काउनुपर्ने अवस्थामा छन्। तर, सरकारले उडान संख्या नबढाउँदा लाखौं कामदार गन्तव्य देशमै अलपत्र परेका छन्। सरकारले पछिल्लो सयम दैनिक ८ सय नेपालीलाई मात्रै फर्काइरहेको छ। यसरी फर्काउँदा डेढलाख कामदारलाई ६ महिनाभन्दा बढी सय लाग्ने देखिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले वैदेशिक रोजगारीमा अलपत्र कामदारलाई उद्घार गर्न सरकारले ढिलाइ गर्न नहुने बताउँछन्। नियमित उडान गरेर भए पनि अलपत्र कामदारलाई एक महिनाभित्र फर्काउनुपर्ने उनको भनाइ छ। भारतलगायत विदेशमा ३२ लाख कादार कार्यरत छन्। सबै कामदारलाई फिर्ता ल्याउँदा अहिलेको पाराले १२ वर्ष लाग्ने उनको भनाइ छ।

राष्ट्रिय मानव अधिकार आयोगको अध्ययनअनुसार करार अवधि सकिएर दैनिक वैदेशिक रोजगारीबाट १ हजार ५ सय फर्कन्छन्। फागुनदेखि अन्तर्राष्ट्रिय उडान रोकिँदा करार अवधि सकिएका धेरै कामदार अझै गन्तव्य मुलुकमै अलपत्र अवस्थामा छन्। त्यसो त दैनिक १५ सय फर्किने आधार मान्दा पनि चैतदेखि भदौसम्म नियमित करार अवधि सकिएका दुई लाख ७० हजार हुने आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot