काठमाडौ । निजी क्षेत्रद्वारा सञ्चालित अस्पतालहरूको छाता संगठन एशोसिएसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले पिसिआर टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिन नेपाल सरकारसमक्ष माग गरेको छ ।
यही असोज १६ गते निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) तथा पिसिआर टेष्ट गर्ने निजी क्षेत्रद्वारा सञ्चालित ल्याबहरु तथा अस्पतालहरुबीच बसेको बैठकले यस्तो माग गरेको हो । अफिनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ आज मिति २०७७ असोज १६ का दिन निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) तथा PCR टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्यावहरु तथा अस्पतालहरुबीच बसेको वैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने खालका कुनैपनि निर्णय गर्नु अगावै पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चवोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न अनुरोध गरेको छ ।’
निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने पनि अफिनले स्वीकार गरेको छ । उसले अघि भनेको छ,‘तर, अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्नेतर्फ विशेष जोड दिंदै PCR टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिनु हुन नेपाल सरकारसँग अफिन¬ जोडदार माग गर्दछ ।’
प्रेस-विज्ञप्ति
आज मिति २०७७ असोज १६ का दिन निजी क्षेत्रद्वारा संचालित अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) तथा PCR टेष्ट गर्ने निजी क्षेत्रद्वारा संचालित ल्यावहरु तथा अस्पतालहरुबीच बसेको वैठकले निजी क्षेत्रका ल्यावहरुलाई नागरिकको स्वास्थ्य परीक्षणमा वाधा पर्ने खालका कुनैपनि निर्णय गर्नु अगावै पेशागत मर्यादा, व्यवसायिक जिम्मेवारीलाई उच्चवोध हुनेगरी संयमित भएर सेवा संचालन गर्न अनुरोध गरेको छ ।
निजी क्षेत्रका ल्यावहरुले उठाएका मागलाई नाजायज भन्न नमिल्ने व्यहोरा पनि अफिनले स्वीकार गरेको छ । तर, अहिलेको विषम परिस्थितिमा यो विषय वैज्ञानिक एवम् तर्कसंगत ढंगबाट समाधान गर्नुपर्नेतर्फ विशेष जोड दिंदै PCR टेष्टको शूल्क सम्बन्धमा सरकार र ल्याव संचालकहरुबीच यथेष्ट छलफल भई वैज्ञानिक विधि र मापदण्डको आधारमा शूल्क निर्धारण गरिदिनु हुन नेपाल सरकारसँग अफिन¬ जोडदार माग गर्दछ ।
साथै यस विषयलाई सहि ढंगबाट समाधान गर्नेतर्फ एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) को सकारात्मक सहयोग सधैँ रहने व्यहोरा अनुरोध गर्दै वर्तमानमा देखिएको गतिरोध अन्त्यको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र ल्याव संचालकहरुबीच वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
वसन्तकुमार चौधरी
(अध्यक्ष)