काठमाडौं, १८ असोज । पूर्व राजदूत लक्की शेर्पाले अब नेपाल सरकारका हरेक काम अनलाईन प्रणालीमा लैजाँदा राम्रो हुने सुझाव दिएकी छिन् । शेर्पाले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो सुझाव दिएकी हुन् । उनले लेखेकी छिन्,‘सुरक्षाकर्मीहरुमा कोरोना पूरै फैलिएको भन्ने बुझियो । अब समूदायमा पनि पूरै आईसक्यो । अबको दिनमा नेपाल सरकारको हरेक काम अनलाईन सिस्टममा लैजाँदा ठीक होला । यसले पारदर्शीता र प्रभावकारीता पनि बढ्दथ्यो ।’
सञ्जालमा उनले लेखेकी छिन्,”सूरक्षाकर्मीहरुमा मा कोरोना पुरै फैलिएको भन्ने बुझियो अब समुदाय मा पनि पुरै अाइसक्यो । अब को दिन मा नेपाल सरकारको हरेक काम online system मा लैजादा ठीक होला । यस्ले पारदर्शिता र प्रभाबकारीता पनि बढ्थ्यो । Nepal is listed as Red Zone in most of the countries list , I think this will further restrict our travel and mobility. We all have to act very seriously. We are almost in a direction of Failed state . Let us all act responsibly. ढिलो नगरौ ।”