Logo

डा. केसीका माग पूरा गर्न सरकार गम्भीर बन्नुपर्ने राणाको भनाई



काठमाडौं, १८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले चिकित्सा शिक्षाको सुधार जस्तो लोकहितको मागप्रति सरकार उदासिन रहेको भन्दै चिन्ता प्रकट गरेका छन् । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको भन्दै नागरिक जीवन रक्षाको भार बोध गर्न सरकारलाई अध्यक्ष राणाले आह्वान गरेका छन् । डा. केसीको जायज माग पूरा गर्न गंभीर बन्नु पर्ने भन्दै सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

‘चिकित्सा शिक्षाको सुधार विमति राख्ने विषय हैन । तै १९ दिन यता अनसनरत डा. गोविन्द केसीको यही माग सम्बोधन गर्ने सरकार तत्पर छैन,’ ट्वीट गर्दै राणाले भने । ‘उनको स्वास्थ्य चिन्ताजनक स्थितिमा छ । नागरिक जीवन रक्षाको भार बोध गर्दै गंभीर बन्न र जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउदछु ।’ File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्