Logo

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बीमा समिति शील, अर्को सातामात्रै खुल्ने



काठमाडौँ, १८ असोज। कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बीमा समिति शील भएको छ। आज आइतबारदेखि शुक्रबारसम्मको लागि समिति शील भएको हो।

समितिमा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शील गरिएको समितिका सूचना अधिकारी निर्मल अधिकारीले जानकारी दिए।

‘समितिमा कार्यरत ६ कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि समिति असोज २३ गतेसम्म शिल गरिएको छ,’ उनले भने । उनका अनुसार समिति आउँदो आइतबारदेखि मात्रै खुल्नेछ।

त्यसअनुसार यस साता समितिको कामहरु ठप्प हुनेछ भने अति आवश्यक काम भए घरबाटै गर्ने उनले जानकारी दिए।-मेरोलगानी/File photo



प्रतिक्रिया दिनुहोस्