Logo

बलात्कार गर्ने धमाधम पक्राउ



काठमाडौं, १८ असोज । जबरजस्ती करणी गरेको अभियोगमा निर कुमार खड्का समेत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर बस्ने सिन्धुपाल्चोक घर भएका खड्का समेत २ जना पक्राउ परेका हुन् ।

भक्तपुर कालाँचास्थित रोकी राखेको बा.३ ख २६१२ नम्बरको बसमा खड्का समेत ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेका थिए । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले बस चालक खड्का समेत २ जनालाई पक्राउ गरेको जनाएको छ । साथै उक्त घटनामा संलग्न रही फरार १ जनाको प्रहरीले खोजी गरिरहेको बताएको छ ।

त्यस्तै सिरहामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिष्णुपुर गाउँपालिकाका मुकेश कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई असोज १२ गते जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी मोरङमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिराटनगर महानगरपालिका दरैयाका १८ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई जबरजस्ती करणी गरेको सुचना प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्