Logo

अफिम सहित पक्राउ



रोल्पा, १८ असोज । अवैध लागूऔषध अफिम सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सुनिलस्मृति गाउँपालिका खुङग्रीस्थित सडकबाट करिब ८ किलो ३ सय ग्राम अवैध लागूऔषध अफिम सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा रुकुम भूमे गाउँपालिकाका ज्योती घर्ती, निसा पुन, दाङ हारपुरका दिलप्रभा बुढा, सुर्खेत गुर्भाकोटका मोतिलाल परियार र दाङ घोराही राप्ती टोलका याम बहादुर घर्ती मगर रहेका छ्न् ।

सुलिचौरबाट दाङतर्फ जाँदै गरेको बा.१५ च ३७७६ नम्बरको स्कारपियो गाडीमा ईलाका प्रहरी कार्यालय खुङग्रीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अफिम सहित फेला पारी स्कारपियो चालक याम बहादुर सहित उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्