Logo

जुवाडे पक्राउ



काठमाडौं, १८ असोज । तास खेलिरहेको अवस्थामा मनिष खतिवडा सहित ६ जना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका संगीता श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा कीर्तिपुर नगरपालिका मच्छेगाउँका मनिष खतिवडा सहित ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

संगीताको घरमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

त्यस्तै धनगढी राजपुरस्थित महाकाली फर्निचर उद्योगमा तास खलिरहेको अवस्थामा ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढीका दिवाकर पाण्डेय, पुष्कर दत्त पन्त, नरेश बोहरा, खिरुराम राना, धिरज साउद, राम बहादुर साउद र कृष्णानन्द गिरी रहेका छन् । उक्त उद्योगमा तास खेलिरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६१ हजार ३ सय ३० रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्