धन प्राप्त हुनु, बढ्नु र बचाउनु धेरै आवश्यक कुरा हुन् । केही मानिसहरुको गुनासो यस्तो हुन्छ की एक हातले कमाउछै तर अर्को हातले जान्छ किन होला ? तर कसैले भने पैसा नै आउँदैन । सांसरीक जीवनमा अर्थ बिना सब व्यर्थ छ । यसैकारण हामी यी चार विदुर नीति अपनाएर धन सुरक्षित राख्न सकिन्छ ।
हिन्दु धर्म ग्रन्थ महाभारतका विदुर नीतिमा लक्ष्मीको अधिकारी बन्नको लागि विचार र कर्मसँग जोडिएका ४ अहम् सुत्र बताइएको छ । यी चार तरीका जसले ज्ञानी होस् वा अल्प ज्ञानी मानिसले आफ्नो जीवनमा अपनाउदा धनवान बन्न सक्छ ।
१.राम्रो र मंगल कार्यबाट स्थाई रुपमा लक्ष्मी आउँछिन् । यसको मतलब परिश्रम र इमानदारबाट गरिएको कार्यबाट धन प्राप्ती हुन्छ ।
२.धनको सबै प्रबन्ध र निछेपबाट लगातार बढ्छ । यदि हामी धनको उचित आय बढ्ने सहि काममा लागेमा निश्चित रपमा लाभ मिल्नेछ ।
३.चातुर्य वा चतुराई यदि धनको सोच समझकर उपयोग गरेमा र आय–व्ययको विशेष रुपमा ध्यान दिएमा धन बचत हुनेछ । र धन बढ्छ पनि । यसले धनको सन्तुलन बनाउनेछ ।
४. अन्तिम सुत्र मानसिक, शारीरिक र वैचारिक संयम राख्नाले धनको रक्षा हुन्छ । सुख पाउने र शोक पुरा गर्ने गर्ने चाहानाले धनको दुरुपयोग गर्नु हुँदैन । धनलाई घर र परिवारमा आवश्यक परेमा मात्र खर्च गर्नुपर्छ । यी नै हुन् विदुर नीतिका अनुसार धन प्राप्त गर्ने, बढाउने र बचाउनेमा ४ तरीका ।
वास्तवमा धन बचाउने भन्दा बढाउनेमा दिशामा धेरै सोच्नु पर्छ । तपाइँको धन त्यहाँ टिक्छ, जहाँ प्रसन्नता, प्रेम, भाइचारा र स्वच्छता विद्यमान रहन्छ । त्यसको साथै वास्तु अनुसारको घर हुनु आवश्यक हुन्छ । धार्मिक ग्रन्थको सहयोगमा