Logo

कुन महिनामा जन्मेको मानिसको कस्तो हुन्छ स्वभाव



ग्रह, नक्षत्र, वार, तिथि आदीको आधारमा मानिसहरको भविष्य फल तयार हुन्छ । यी मध्ये महिनाको पनि महत्वपुर्ण स्थान कहुनछ । महिनाको सख्या १२ हुन्छन् । तर मासको प्रारम्भ भने चैत्र मासबाट हुन्छ ।

बैशाखमा जन्मने मानिस भोगी, धनवान, राम्रो चित्त (विचार), क्रोधवान, सुन्दर आँखा भएका, रुपवान्, र महिलाप्रति माया जगाउने खालका हुन्छन् ।

जेष्ठ महिना जन्मने मानिसहरुको लामो आयु हुने विश्वास

आषाढ महिनामा जन्म हुने व्यक्तिहरु छोरा नातिनातिनाले भरिपुर्ण, धन नाश हुनाले बारम्बार पिडित, सुन्दर वर्ण भएको र थोरै सुख भोग्ने हुन्छन् ।

श्रावण महिनामा जन्मनेहरुको सुख–दुख तथा हानी तथा लाभ बराबरी हुन्छ ।

भदौ महिनामा जन्मने मानिसहरु सधै खुशी रहने, धेरै कुरा गर्ने, पुत्र, मिठो बोली बोल्ने, सुन्दर र शीलवान हुन्छन् ।

असोज महिनामा जन्मने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्रतायुक्त, गुणवान, धनी र कामवानु हुन्छन् ।

कार्तिक महिनामा जन्मने मानिस धनवान, कम बृद्धि भएका, दृष्ट प्रवृत्ति भएका, नाफा घाटा खाले काम गर्ने, पापी र दुृष्ट चित्तका हुन्छन् ।

मंसिर महिनामा जन्म लिने मानिसहरु मिठो वचन बोल्ने, धनवान, धर्मवान, धेरै साथी बनाउने, पराक्रमी र अर्काको उपकार गर्ने हुन्छन् ।

पौष महिनामा जन्म लिने मानिस शुर, कठोर, पितृ देवतालाई नमान्ने र ऐश्वर्य उत्पन्न गर्ने हुन्छन् ।

माघ महिनामा जन्म लिने मानिसहरु बुद्धिमान, धनवान्, शुरवीर, निष्ठुर वचन बोल्ने, कामुक र युद्ध गर्न चाहने हुन्छन् ।

फाल्गुण महिनामा जन्मने मानिसहरु शुक्ल वर्ण भएको, अर्काको उपकार गने, धनवान् विद्यावान् तथा सुखी र सदा विदेशमा भ्रमण गर्ने हुन्छन् ।

चैत्र महिनामा जन्म लिने मानिस दर्शनिय, अंहकाररहित, श्रेष्ठ कर्म, रातो नेत्र, क्रोधवान र स्त्रीहरु चन्चले हुन्छन् ।
धार्मिक ग्रन्थको सहयोगमा



प्रतिक्रिया दिनुहोस्