Logo

कोरोना संक्रमणबाट आज मृत्यु भएका ७ जना को को (विवरणसहित)



काठमाडौं, १८ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज ७ जनाको मृत्यु भएको छ । आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ४ महिला र ३ पुरुष छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ५ सय ३५ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६२ प्रतिशत हो । आज मृत्यु हुनेहरुमा २ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृतकको विवरण
१. मकवानपुरका ५ दिनको बालिका
२.कंचनपुरका २९ वर्षीय महिला
३.बाँकेका ६० वर्षीय पुरुष
४.काठमाडौंका ५५ वर्षीय पुरुष
५.ललितपुरका ७७ वर्षीय पुरुष
६.बाँकेका २५ वर्षीय महिला
७.चितवनका ५५ वर्षीय महिला



प्रतिक्रिया दिनुहोस्