काठमाडौ, १८ असोज । सरकारले आफू रहेकै स्थानबाट दशैं मनाउन आग्रह गरेको छ । आज स्वास्थ्य तथा जनसख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा कोरोना भाइरसको संक्रमण उच्च जोखिम बढ्दै गएकोले अन्यत्र नजान आग्रह गरेको हो ।
जहाँ छौ त्यहि दशै मनाउन आग्रह गर्दछौं, स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवत्ता डा. जागेश्वर गौतमले अत्यन्त जरुरी नपरी घरबाट ननिस्कन र जहाँ छौ त्यहि दशै मनाउन आग्रह गरे ।
डा. गौतमले भने, ‘दशै अर्को पटक पनि आउँछ यो पटकको दशै चाँही जहाँ छौ त्यहि बसेर मनाउन अनुरोध गछौ ।’ जनस्वास्थ्यको मापदण्ड उल्लघंन गर्ने व्यक्तिलाई कडाई गर्ने र जरीवाना तोक्ने गरी नयाँ प्रस्ताव पठाएको पनि डा। गौतमले जानकारी दिए ।