Logo

बलात्कार घटनामा रोकिएन पंचायती मिलापत्र



लहान, असोज १९ । बलात्कारको घटना पञ्चायतबाट टुंग्याउनु कति घातक हुँदोरहेछ भन्ने सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरकी १७ वर्षीया किशोरीको आत्महत्याले देखाइसकेको छ।

चारजनाको सामूहिक बलात्कारमा परेकी किशोरीलाई पञ्चायतले पीडकबाट एक लाख २० हजार रुपैयाँ लिएर माफी दिन निर्देशन नदिएको भए उनको ज्यान जाने थिएन। प्रहरीले पञ्चहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। तर पनि बलात्कारजस्तो जघन्य अपराध लुकाउन पञ्चहरुको सक्रियता अझै रोकिएको छैन।

गत सोमबार सिरहाको विष्णुपुर गाउँपालिका–१ की १६ वर्षीया किशोरी छिमककै युवकबाट बलात्कारको सिकार भइन्। चिनजानकै युवकले किशोरीलाई घरमा कोही नभएको मौका पारेर साँझ बलात्कार गरे। किशोरीले प्रतिकार गर्न खोज्दा मुखमा कपडा कोचे। त्यसपछि पीडित किशोरीलाई उपचारका लागि स्थानीय पोलिक्लिनिकमा लगियो। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होम लगियो।

उपचारपछि किशोरी शुक्रबार गाउँ फर्किइन्। यस अवधिमा गाउँमा पञ्च हावी भए। पीडक र पीडित दुवै पक्षलाई प्रभावमा पारेर गाउँको इज्जत बाहिर जान दिनुहुन्न भन्दै मिलापत्रमा घटना टुंग्याउन पञ्चहरुले दुवै पक्षलाई राजी बनाए। पीडक पक्षसँग १० लाख जरिवाना भराएर पीडित पक्षलाई दिने निर्णय पञ्चले गरे। उक्त रकम पीडक पक्षलाई पञ्चहरुले नै ऋण दिने योजना बन्यो। जसका लागि लेखनदास ९लेखापढी व्यवसायी० बाट कपाली तमसुक बनाउने व्यवस्था पञ्चले मिलाए।

गाउँमा पञ्चायत बस्यो। पञ्चायतले पीडकका बुवा सिंहेश्वर साहलाई १० लाख दण्ड भर्न आदेश दियो। तत्काल यति ठूलो रकम आफूसँग नभएको साहले पञ्चायतलाई बताए। पञ्चायतले उक्त रकमबराबरको कपाली तमसुक गरिदिन अर्को आदेश दियो। पीडकका बुवा सिंह र आफन्त शत्रुधन साह ऋणी भई पाँच–पाँच लाखका दुई थान कपाली तमसुक बनाइदिए। उक्त तमसुकको कागज पञ्चायतले जगवीर यादवको जिम्मा दिने निर्णय ग(यो।

गाउँमा पञ्चायत बसी बलात्कारको घटनामा मिलापत्र गरेको सूचना चुहिएर प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख धिरजप्रताप सिंहसम्म पुग्यो। उनले सूचना पाउनासाथ शनिबार विशेष प्रहरी टोली घटनास्थल पठाए। टोलीले घटनाबारे सम्पूर्ण जानकारी संकलन ग(यो। पञ्चायतमा बसेकाहरु सम्पूर्णको हुलिया पहिचान ग(यो। बलात्कारका आरोपितलाई निगरानीमा राखियो र जिल्ला प्रहरी कार्यालय सिरहाको समन्वयमा उनीसहित मित्रापत्र गराउने सबै पञ्चलाई पक्राउ गरिएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्