Logo

डेढ करोडमा बनेको स्विमिङ पुलमा पौडी खेल्न रोक लगाएपछि माछापालन



कैलाली, असोज १९ । कैलालीमा रहेको चौलानी ग्रुप अफ कम्पनीले गत बर्षको साउनमा धनगढीमा फुडकोर्ट, स्वीमिङ पुल र कफी सप सञ्चालनमा ल्यायो।

झण्डै डेढ करोडको लागतमा निर्माण गरिएको स्विमिङ पुल गत बर्ष दुई महिना मात्रै चल्यो। त्यसपछि जाडो मौसम सुरु भएको थियो। २०७६ को चैतपछि फेरी स्विमिङ पुल सञ्चालन गर्ने तयारी थियो।

तर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको रोकथामका लागि भन्दै चैत ११ गतेदेखि लकडाउन जारी भयो। एक सय २० दिनमा लकडाउनको अन्त्य भयो तर स्विमिङ पुल सञ्चालनको अनुमती थिएन्।

त्यसपछि कैलाली प्रशासनले निषेधाज्ञा जारी ग¥यो र अहिले पनि स्विमिङ पुल सञ्चालनमा रोक लगाइएको छ। डेढ करोडमा निर्माण गरिएको स्विमिङ पुल प्रयोगबिहिन भएपछि अहिले सो स्विमिङ पुलमा माछा पाल्न थालिएको चौलानी ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक मानसिंह साउँदले बताए।

‘कोरोना भाईरसको प्रभावले व्यवसाय धरासयी बन्दै गएको छ,’ उनले भने, ‘डेढ करोडमा बनाइएको स्विमिङ पुलमा नुहाउन नपाईने भएपछि अहिले बाध्य भएर माछापालन सुरु गरेका छौ।’

 



प्रतिक्रिया दिनुहोस्