एजेन्सी, १९ असोज । कोरोना भाइरसको जोखिम बढेसंगै भाइरसको संक्रमण पत्ता लगाउन भारतका वैज्ञानिकहरुले नयाँ पेपर किटका आविष्कार गरेका छन् । परिक्षण गर्ने किटको नाम ‘फेलुडा’ टेस्ट किट राखिएको छ ।
उक्त किट जीन एडिशन टेक्नोलोजीद्वारा निर्माण गरिएको हो । फेलुडा किटले परिक्षणको नतिजा एक घण्टा भित्र दिने जनाइएको छ । परिक्षण गर्ने किटको मूल्य करिब पाँच सय भारतीय रुपैयाँ तोकिएको छ । किटको निर्माण भारतीय चर्चित कम्पनी टाटाले निर्माण गरेको हो ।
कोरोना परिक्षण गर्न उक्त किट निकै सजिलो, भरपर्दो र प्रभावकारी मानिएको भारतीय सरकारको वैज्ञानिक सल्लाहकार के. विजय राघवनले जनाएका हुन् । किट तत्काल दूई हजार संक्रमित व्यक्तिमा परिक्षण समेत गरिएको थियो । परिक्षण गरिएको मध्ये ९६ प्रतिशतको नतिजा साकारात्मक देखिएको जनाइएको छ ।-Photo: Agency