Logo

सुनको मूल्यमा गिरावट



काठमाडौँ, १९ असोज। आज (सोमबार) सुनको मूल्य ओरोलो लागेको छ। साताको पहिलो दिन आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन यस दिन भने तोलामा ४०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने सोमबार स्थीर रहेको छ। यस दिन चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेकाे छ।मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्