Logo

कंगना सुटिङतीर



एजेन्सी, १९ असोज । बलिउड अभिनेत्री कंगना रनौट पनि लामो समयपछि काममा फर्केकी छिन् । कंगनाले फेरी आफ्नो सुर्टिङ प्रोजेक्टमा काम सुरु गरेकी ह्न् । उनले लामो समयपछि सुर्टिङ गरेको तस्वीर सेयर गरेकी छिन् ।

कंगनाले हाल तमिलनाडुको मुख्य मन्त्री जयललिताको बायोपिक थलाइवीमा काम गरीरहेकी छिन्, जसमा कंगनाले जयललिताको भुमिका निभाउने छिन् । फिल्मको केही सिन सुट गरिसेकेको छ । धेरै अगाडी सुरु भएको फिल्मको काम कोरोना भाइरसको कारणले रोकिएको थियो ।

तस्वीर सेयर गर्दै कंगनाले सानदार स्थानमा प्रतिभावान् र स्नेही निर्देशक एएल विजयको साथमा काम गर्नु सबैभन्दा सुखद क्षण भएको लेखेकी छिन् । तस्वीरमा कोरोना भाइरसको कारण फिल्म सेटको वातावरण केही फरक देखिएको छ भने सबै मानिसहरुले मास्क लगाएको देखिन्छ ।

कंगनाले केहि दिन अघि फिल्मको सुटिङ सुरु हुने भन्दै सामाजिक सञ्जालमा जानकारी दिएकी थिइन् । उनी फिल्मको कामको लागि आफ्नो घर मनालीबाट हैदरावाद आएकी हुन् ।



प्रतिक्रिया दिनुहोस्