Logo

कोरोना संक्रमणबाट आज मृत्यु भएका १९ जना को को (विवरणसहित)



काठमाडौं, १९ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ५ महिला र १४ पुरुष छन् ।

आज मृत्यु हुनेहरुमा १२ जना वृद्धवृद्धा छन् । आज काठमाडौं उपत्यकामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हालसम्म कुल ५ सय ५४ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६२ प्रतिशत हो ।

मृतकको विवरण
१.सुनसरीका ५५ वर्षिय पुरुष
२.पर्साका ६५ वर्षीय महिला
३.सर्लाहीका ६९ वर्षीय पुरुष
४.सर्लाहीका ४२ वर्षीय पुरुष
५.काठमाडौंका ६५ वर्षीय पुरुष
६.काठमाडौंका ६७ वर्षीय पुरुष
७.काठमाडौंका २६ वर्षीय पुरुष
८.काठमाडौंका ७८ वर्षीय पुरुष
९.काठमाडौंका ८१ वर्षीय पुरुष
१०.काठमाडौंका ९१ वर्षीय पुरुष
११.काठमाडौंका ८६ वर्षीय महिला
१२.काठमाडौंका ८३ वर्षीय महिला
१३.काठमाडौंका ९१ वर्षीय महिला
१४.ललितपुरका ३ वर्षीय बालक
१५.ललितपुरका ५५ वर्षीय पुरुष
१६.ललितपुरका ७१ वर्षीय पुरुष
१७.नवलपरासीपुर्वका ७१ वर्षीय पुरुष
१८.गोर्खाका ४५ वर्षीय महिला
१९.चितवनका ६२ वर्षीय महिला

 



प्रतिक्रिया दिनुहोस्