Logo

अस्पताल बस्न नमानेका ट्रम्प तीन दिनमै ह्वाइट हाउस फर्किए



काठमाडौं, असोज २० । कोरानो संक्रमण देखिएपछि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमै फर्किएका छन्।

तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प कोरोना नेगेटिभ नहुँदै ह्वाइट हाउस फर्केका हुन्। उनको अब ह्वाइट हाउसमै उपचार हुने न्यू योर्क टाइम्सले उल्लेख गरेको छ ।

ह्वाइटहाउस फर्कनुअघि ट्वीट गर्दै ट्रम्पले ‘चाँडै चुनावी अभियान सुरु गर्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्