काठमाडौं,असोज २०। मौसम पुर्वानुमान महाशाखाका अनुसार वंगालको खाडीको मध्य पश्चिम तथा उत्तर पश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ ।
उक्त प्रभावकै कारण अहिले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरु हल्का देखि मध्यम तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा रातीसम्म आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ ।