Logo

प्रदेश नम्बर ५ को प्रदेशसभामा बैंठकमा कांग्रेसले किन तोडफोड गर्यो ? कनौडिया यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, २० असोज । प्रस्तावित लुम्बिनी प्रदेशको नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले आफूहरुले सुरुदेखि नै सरकारलाई रचनात्मक सहयोग गर्दै आएको र जनताका मागलाई सदनमा सही तवरले उठान गर्दै आएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हिजो आफूहरु तोडफोडमा उत्रिनुको कारण भनेको बाध्यात्मक परिस्थिति भएको जिकिर गरे । उनले आफूहरुले पार्टीको छवि धुमिल हुनेगरि कुनै काम नगरेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्