Logo

सलमान खानको कारण फिल्मकोबिचमा ऐश्वर्या रायलाई शाहरुखले निकालेका थिए



एजेन्सी, २० असोज । शाहरुख खानले आफ्नो साथी र फिल्म अभिनेत्री जुही चावलाको साथमा मिलेर फिल्म बनाउने एक कम्पनी खोले । ड्रिम्स अनलिमिटेड नाम राखे । यो प्रोडक्सन हाउसको तेस्रो फिल्म थियो ‘चलते–चलते’ । यो फिल्म २०१३ मा रीलिज भएको थियो र निर्देशन अजीज मिर्जाले गरेका थिए । जब फिल्मको स्क्रिप्ट तयार भयो तब हिरो शाहरुख खान राखियो । हिरोइनको रुपमा रानी मुखर्जीलाई छानियो ।

रानीलाई स्क्रिप्ट मन पर्यो । केही कलाकारहरुले आफ्नो हातमा आएका राम्रा फिल्म छाडेका छन् जसको कारण इतिहास बन्ने मौका पाए । रानी उक्त समयमा धेरै व्यस्त अभिनेत्रीमा पर्थिन् । उनले एकै समयमा धेरै फिल्म गरिरहेकी थिइन् । रानीको समय व्यस्तताले शाहरुख खानसँग खेल्ने अर्की हिरोइनको खोजी भयो । उनीहरको नजर एश्वर्यामा गयो ।

एश्वर्यालाई लिएर फिल्म सुर्टिङ सुरु भयो । त्यो समयमा एश्वर्या र सलमान खानको रोमान्स चलिरहेको थियो, तर दुवैजनाबीच खटपट सुरु भएको समाचार आइरहेका थिए । उक्त समयमा एश्वर्या र शाहरुख खानसँग अफेयर चलेको झुटो अपवाहसँगै सलमान एश्वर्यासँग भड्किएका थिए ।

सलमानले शाहरुख खानलाई एश्वर्यालाई फिल्मबाट हटाउन भने तर शाहरुख खान एश्वर्यालाई हटाउन तयार थिएनन् । सलमान खान रिसाएर सुर्टिङ स्टुडियोमा गाडी सहित पुगेर धेरै विवाद गरे । त्यो सबैलाई नराम्रो लागेको थियो । शाहरुख खान फिल्मको निर्माता थिए र सलमान खान धेरै नजिकका साथी ।

शाहरुख खानले एश्वर्यालाई लिएर फिल्म बनाउन निकै गाह्रो हुने देखेपछि एश्वर्यालाई बीच फिल्मबाट निकाली दिए । सलमान खान त खुशी भए तर एश्वर्या भने दुखी भइन् । आफ्नो गल्तीबिना पनि फिल्मबाट बाहिरीन पर्दा उनी निराशा भइन् । जबकी उनको शाहरुख खान राम्रा साथी थिए ।

यस घटनाले एश्वर्या शाहरुखसँग टाढा भईन् । एश्वर्या बाहिरीएपछि फेरी रानीलाई नै अफर गरे । रानीलाई लिएर फिल्म तयार भयो । रानीको भाग्यमा उक्त फिल्म लेखेको रहेछ । फिल्म रिलीज भएपछि लागत भन्दा चार गुणा व्यापार गर्न सफल भयो ।



प्रतिक्रिया दिनुहोस्