Logo

वडा दशैंंको अवसरमा सानिमा बैंकको दशैं धमाका योजना



काठमाडौं, असोज २१ । सानिमा बैंकले ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । अनलाइन सपिङ्गपोर्टल दराजसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामानखरिद गर्दा विशेष छुट प्राप्तहुने बैंकले जनाएको छ ।

योजना अन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले दराजबाट सामानखरिद गरी भुक्तानीगर्दा २० प्रतिशत वा २५ सय सम्मको छुट पाउँन सकिने बैंकको विज्ञपप्तिमा उल्लेख छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी सुविधापनि लिन सकिनेछ ।

योजना अवधिभर सहभागी हुनेग्राहकलाई फस्ट कम फस्ट सर्भको आधारमा छुट हुने बैंकले जनाएको छ । । योजना कात्र्तिक २ गतेसम्म लागू हुनेछ ।
हाल बैंकले ८३ शाखा, १५ विस्तारित काउन्टरर ८१ एटिएम संचालनमा राखेको छ ।



प्रतिक्रिया दिनुहोस्