Logo

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटो कर्पबीच सम्झौता



काठमाडौं, असोज २१ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिजि मोटो कर्प प्रालिबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका सहायक महाप्रबन्धक रजित मास्के र सिजि मोटो कर्पका महाप्रबन्धक सिराज पन्तले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

सम्झौता अनुसार यस बैंकका ग्राहकले सुजुकि ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सिजि मोटो कर्पबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा सांग्रिला बैंकबाट लिन सकिनेछ । कर्जा सुविधा बैंकका देशभर रहेका ९१ शाखाबाट लिन सकिने जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्