Logo

ग्लोबल आइएमई बैंकद्वारा ३ नयाँ शाखारहित बैंकिङ सेवा विस्तार



काठमाडौं, असोज २१। ग्लोबल आइएमई बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २२५ पुगेको बैंकले जनाएको छ ।

पाल्पा जिल्लाका रैनादवी छहरा गाउँपालिका वडा नम्बर ८, सत्यवतीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय छवि सरा सिंजाली र रौतहटको जिल्लाको कटहरीया नगरपालिका वडा नम्बर ५, कटहरीयामा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय महमद जलालुदीन हकलाई नियुक्त गरिएको छ ।

साथै, गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६, अर्जेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा स्थानिय भरत पराजुलीलाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्ने बैंकको विश्वास छ ।

 



प्रतिक्रिया दिनुहोस्