काठमाडौं, असोज २१ । सरकारले चाडपर्वलाई लक्ष्य गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अग्रसरतामा यो वर्ष पनि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो।
मन्त्रालयले गत शनिबारदेखि आगामी मंसिर ६ गतेसम्मका लागि दैनिक उपभोग्य अत्यावश्यक खाद्यवस्तुमा छुट दिएर पसल सञ्चालनमा ल्याएको हो। मन्त्रालयका सह प्रवक्ता उर्मिला केसीका अनुसार यो पसलबाट आम उपभोक्ताले नुन, चिनी, घिउ, चामल, खसीबोका, च्याङ्ग्रा, दाल, सिमी, फापर, तिते फापर, सेतो केराउ खरिद गर्न पाउनेछन्।
प्रतिकिलो नुनमा २ रुपैयाँ, चिनीमा ३ रुपैयाँ, घिउमा ३० रुपैयाँ, चामल, दाल, फापर, तिते फापर र सेतो केराउमा ५र५ रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ। यस्तै सिमी, खसीबोका र च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ।
प्रतिपरिवारका लागि ४ किलो नुन र सोही परिमाणमा चिनी खरिद गर्न सकिने व्यवस्था गरिएको छ। घिउको प्रतिकिलो मूल्य ८ सय ७० तोकिएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।