Logo

म भागबण्डाको विरोधी हुँ : भीम रावल (भिडिओसहित)



काठमाडौं, २१ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले कार्यदलले दिएको सुझावअनुसार पार्टी नेतृत्व अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले पार्टी एकताका बाँकी कामदेखि मन्त्रिमण्डल पूनर्गठनसम्मका कामहरु यथाशक्य चाँडो सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । ‘विलम्ब गरिए यो हाम्रो निर्णयको भावनाअनुरुप हुँदैन्, अहिलेको यो विषम परिस्थितिमा पार्टीका कामहरुलाई पनि अगाडि बढाउने, सरकारका कामहरुलाई पनि प्रभावकारी बनाउने, महाधिवेशनको लागि तयारी गर्नुपर्नेलगायतका अरु कामहरुलाई पनि तिव्रताका साथ अघि लैजानुपर्छ ।’–उनले भने । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । एमसीसीको सम्बन्धमा पनि पार्टीको बैठक बोलाएर अन्तिम निर्णय गर्नुपर्ने पनि रावलको भनाई छ । रावलले आफूहरुले मन्त्रालय विभाजन गर्ने कुरा नगरेको र आफू भागबण्डाको विपक्षमा रहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्