Logo

अजय देवगनको भाई अनिल देवगनको मृत्यु



एजेन्सी, २१ असोज । बलिउड अभिनेता अजय देवगनको भाई अनिल देवगनको निधन भएको छ । अनिल देवगनको अचानक भएको निधनले देवगन परिवारमा दुखको माहौल छाएको छ । भाईको निधनको जानकारी अजय देवगन आफैले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

भारतीय समाचार अनुसार अनिल देवगनको ५१ वर्षमा निधन भएको हो । अजय देवगनले ट्विट गदै लेखेका छन्, ‘पछिल्लो राती मैलै भाई अनिललाई गुमाए । भाईको अचानक भएको निधनले देवगन परिवार अत्यन्तै दुखी भएको छ । हामी सधै उसलाई सम्झने छौ ।’

अजयको ट्विटमा फ्यान तथा साथीहरुले शोक मनाएका छन् । यसको साथै अभिषेक बच्चन, बोनी कपुर, मुकेश छाबडा, उर्मिला मातोंडकर, पुलकित सम्राटसमेत केही कलाकारहरुले श्रद्वान्जली व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्