मुकुन्द कालिकोटे : काठमाडौं २१ आश्विन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले हामी सबै मेयर हौं भन्ने भावनाले काम गर्न न गठित नेपाल यातयात स्वतन्त्र मजदूर संगठनका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् । काठमाडौं महानगरपालिकामा कार्यरत मजदूर संगठन, नेपाल यातयात स्वतन्त्र मजदूर संगठन, (कामपा ईकाई) र अखिल नेपाल यातयात स्वतन्त्र मजदूर संघ (कामपा ईकाई) को एकताबाट नज गठित कार्य समितिका पदाधिकारीहरु र सदस्यहरुलाई मेयर शाक्यले पदमा हामी तलमाथि हौंला तर कामको जिम्मेवारीमा म पनि मेयर हुँ भन्ने भावनाले काम गर्न निर्देशन दिएका हुन् ।
नवगठित पदाधिकारीहरुको सपथ ग्रहण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै मेयर शाक्यले भने-“राजनीतिक र जागिर व्यक्ति केन्द्रित, राजनीति केन्द्रित परिवार केन्द्रित हुनु हुँदैन, कमाउने हैन, समाजलाई केही दिने भावनाले संगठनमा लाग्नुपर्छ ।” मेयर शाक्यले एमाले र माओवादीबीचको एकताबाट बनेको नेकपा कुनै पनि हालतमा फुट्दैन, हामी मिलिसक्यौं, नेकपाको धरातल बलियो हुँदैछ, तपाईहरु पनि मिल्नुस् भनेर सन्देश दिनुपर्ने बेला भएको बताए ।
मेयर शाक्यले भने,”पार्टी भनेको जनसेवा गर्ने थलो हो, कर्मचारीभित्र खुट्टा तान्ने प्रवृति भैदियो भने त्यसले विकृति सिर्जना गर्छ, अवसरको पछि पछि लागेर हैन, अवसर सिर्जना गर्नतिर लागौं उद्देश्य पूरा हुन्छ । कार्यक्रममा बोल्दै हामीले काठमाडौंका ४० लाख जनताहरुलाई कोरोना भाईरस (कोभिड १९) बाट बचाउने प्रयत्न गर्यौं, तर बाहिरबाट आउनेहरुलाई रोक्न सकिएन र सबैतिर फैलियो, त्यही क्रममा मलाई, मेरो परिवार र छोरीलाई अनि महानगरपालिकाका कर्मचारीहरु पनि कोरोनाको शिकार भयौं, अहिले पनि साथीहरु उपचाररत हुनुहुन्छ, मैले जनस्वास्थ्य महाशाखालाई काठमाडौं महानगरपालिकाका कर्मचारीको उपचारका लागि एउटा होटल व्यवस्था गर्न निर्देशन दिईसकेको छु ।” सबै कर्मचारीहरुको समाज ढंगबाट उपचार हुने मेयर शाक्यले विश्वास दिलाए । कार्यक्रममा मेयर शाक्यले नवगठित सबै पदाधिकारीहरुलाई खादा ओडाएर सम्मान गरेका थिए ।