Logo

काठमाडौंमा एकैदिन  १६८४ जना कोरोना संक्रमित थपिए



काठमाडौं,२१ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन  १६ सय ८४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  ३४ सय ३९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १६ सय ८४ जना थपिएसँगै जोखिम बढेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १४ हजार  २ सय  ९  जनाको पिसीआर परिक्षणमा ३४  सय  ३९ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ११२६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ६८ हजार  ६ सय ६८   रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका १२९६  जना र ललितपुरका२९३ जना र भक्तपुरका ९५ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ९४ हजार  २ सय ५३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्