Logo

कुमारी बैंकद्धारा निःशुल्क पिसिआर परीक्षण



काठमाडौं, असोज २२ । कुमारी बैंक लिमिटेडले काठमाडौं मेडिकल कलेजसँगको सहकार्यमा तीन दिने ‘निःशुल्क पिसिआर परीक्षण क्याम्प’आयोजना सम्पन्न गरेको छ ।

बैंकले सोमबार टङ्गालस्थित बैंकको कर्पोरेट कार्यालयमा, मंगलबार बैंकको न्युरोड शाखामा र बुधबार पुतलीसडक शाखामा परिक्षण काम्प सम्पन्न गरेको जनाएको छ ।

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई परीक्षण गराउने व्यक्तिको कोरोना सक्रमण भए–नभएको रिपोर्ट फोनबाट नै जानकारी गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्