Logo

यसकारण कोरोना संक्रमण ह्वात्तै बढ्यो : प्रवक्ता डा. गौतम (भिडिओसहित)



काठमाडौं, २२ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड केही मानिसहरुले पालना नगरेको गुनासो पोखे । काठमाडौं उपत्यकामा जनघनत्व धेरै भएकोले जनस्वास्थ्यका मापदण्ड फलो गर्नुपर्ने भनेर आफूहरुले भनिरहेको स्पष्ट पारे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता गौतमले यस्तो बताएका हुन् । उनले भने,‘हामीले जनस्वास्थ्यका मापदण्ड जसरी फलो गर्नुपर्ने थियो, त्यसरी गर्न सकेनौं । त्यसको रिजल्ट अहिले देखिरहेको छ ।’ प्रस्तुत छ डा. गौतमसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्