Logo

बलात्कार मुद्दाका फरार पक्राउ



पर्सा, २२ असोज । जबरजस्ती करणी मुद्दाका फरारलाई प्रहरीले पक्राउ गरेको छ । फरार अर्जुन पासवानलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साको २०७५ कात्तिक १४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवाना ठहर भई फरार भएका उनलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला अदालत पर्सामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्