Logo

प्रेमसम्बन्धको विषयमा किशोरीको हत्या



रौतहट, २२ असोज । जिल्लामा किशोरीको हत्या भएको छ । हत्याको कारण प्रेम सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

हत्याका अभियुक्तलाई प्रहरीले पक्राउ परेको छ । दुर्गाभगवती गाउँपालिका छतौनाटोलका रोबिना मन्सुरीको हत्या गरेको अभियोगमा फुल महम्मदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँका युवकसँग रोबिनाको प्रेम सम्बन्धको विषयलाई लिएर महम्मद समेत ४ जनाले रोबिनाको हत्या गरी सोही ठाउँ बस्ने जनरल कवाडीको घरमा शव ल्याई राखेका जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले महम्मदलाई पक्राउ गरेको जनाएको छ ।

साथै उक्त घटनामा संलग्न रही फरार रहेका सोही ठाउकाँ लाल महम्मद, नसरुदिन मन्सुरी र उनकै श्रीमती सहनाज मन्सुरी हाल फरार रहेकोले प्रहरीले खोजी गरिरहेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्