Logo

माल्टा पठाइदिन्छु भन्दै ठगी



काठमाडौं, २२ असोज । माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ परेका छन् । अभियुक्त सुरज राईले ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनी सुनसरी बराहक्षेत्र प्रकाशपुरका हुन् ।

नगद ठगी गरी फरार भएका उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा सुनसरीबाट उनलाई पक्राउ गरेको जनाएको छ । उनलाई आवश्यक कारवाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्