Logo

प्रहरीलाई पैसा दिन खोज्दा पक्राउ



ललितपुर, २२ असोज । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ललितपुर चापागाउँ दोबाटोबाट डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने रामेछाप मन्थली घर भएका अभिजोल काफ्ले समेत २ जना पक्राउ परेका हुन् ।

ट्राफिक प्रहरी कार्यालय सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरु सवार बा.९३ प ६२८ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा उक्त नगद दिई आर्थिक प्रलोभनमा पार्न खोजे पश्चात उनीहरुलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्