एजेन्सी, २२ असोज । बलिउड किंग शाहरुख खानको पत्नी दीवा गौरी खानको आज जन्मदिन हो । गौरी खानले आज ५० औं जन्मदिन मनाइरहेकी छिन् । दिल्लीमा बस्ने गौरी खानको जन्म एक पन्जाबी परिवारमा जन्म भएको थियो । गौरी र शाहरुख खानको प्रेम कथा बलिउडको प्रख्यात प्रेम कहानी मध्ये पर्छ । यो जोडीको पहिलो भेटदेखि जीवनसँग जोडिएका कुरा सुन्न फ्यानहरु धेरै उत्सुक हुने गर्छन् ।
सबैको प्रेम जीवनमा एउटा यस्तो समय आउँछ जहाँ सम्बन्धलाई तिलाञ्जली दिन मन लाग्छ । यस्तो सामान्य मानिहरुको जीवनमा मात्र नभएर कलाकारहरुको जीवनका पनि हुने गर्छ । यस्तै उतार चढाव शाहरुख खान र गौरीको जीवनमा पनि आएको थियो । गौरीलाई शाहरुख खानसँग ब्रेक लिन एक समयमा मन थियो । गौरीलाई शाहरुख खान धेरै नै शंका गर्ने एक भिडियोमा खुलाशा गरेकी थिइन् ।
एक समयमा गौरीले शाहरुख खानले धेरै शंका गर्ने भएकोले आफुले ब्रेकअप दिन खोजेकी थिइन् । त्यतिबेला दुवैजना जवान थिए । उनले अहिलेको जस्तो समय त्यतिबेला नभएको भन्दै दुवै परिवारमा रुढिवादी परम्पराले जरा गाडेकोले विवाहको बारेमा मनाउन गाह्रो भएको बताएकी छिन् ।
शाहरुख खान र गौरीलाई विवाह गर्न धेरै गाह्रो भएको थियो । उनीहरुको पहिलो पटक अदालतमा, दोस्रो मुस्लिम रितीमा र तेस्रो विवाह पन्जाबी तरीकाले १९९१ मा विवाह भएको थियो । हाल उनीहरु बलिउडमा आइडल कपल्स मध्ये एक हुन् । यो जोडीको तीन वटा बच्चाहरु छन् ।