Logo

रिया जेलबाट छुटे लगत्तै आमाले के भनिन्



एजेन्सी, २२ असोज । सुशान्त सिंह राजपुतको निधनको केसको अनुसन्धानको क्रममा एनसीबीले गिरफ्तार गरेको बलिउडकर्मी रिया चक्रवर्तीलाई १ महिना पछि बाम्बे उच्च अदालतले बुधबार धरौटीमा रिहा गरेको छ ।

रियाको लागुऔषध व्यवसायीसँग कुनै कनेक्शन नभेटेकाले उनलाई धेरै राहत दिएको छ । रियालाई रिहा गरेपछि धेरै कलकारुहरुले समर्थन र फैसलाको सम्मान गरेका छन् । रियाको आमाले पनि फैसलाको सम्मान गर्दै रिया एक योद्धा भएको जानकारी दिएकी छिन् । तर आफ्नो छोरीको लागि चिन्ता पनि गरेकी छिन् ।

रियाको आमा सन्ध्या चक्रवर्तीले एक मिडीयासँगको कुरामा आफ्नो छोरी एक योद्धा भएको र उनी अझै बलियो हुनुपर्ने बताइन् । रियालाई थेरापी गराएर तनावबाट बाहीर निकाल्ने र बाकी जिन्दगी जिउन सहयोग गर्ने पनि जानकारी दिएकी छिन् । सन्ध्याले रियाको लडाई अझै नसकिएको र छोरा अझै पनि जेलमा भएको बताइन् । उनले आफ्नो घरमा यति धेरै समस्या आएको चिन्ता समेत व्यक्त गरिन् । उनले मिडियासँग कुराकानी गर्दै धेरै महिना देखि राम्रोसँग सुत्न नपाएको र कहिले काँही आत्महत्याको बारेमा सोचेको पनि पिडा खोलिन् ।



प्रतिक्रिया दिनुहोस्